मलेसियामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मलेसियाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि सोमबार बिहान १२:५७ बजे गएको भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ । सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएको यो नै सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो । भूकम्पका कारण सबाह र सारावाकका बासिन्दाहरूले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए । कम्पनका कारण कतिपय मानिसहरू घरबाहिर निस्किएका थिए । मलेसियाका छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही उच्च भवनहरूमा समेत...