२०६४ सालको पहिलो संविधानसभा चुनावमा २७ हजारभन्दा बढी मतान्तरले चुनाव जितेका खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' त्यसपश्चात् चुनावी मैदानमा देखिएनन् । २०६४ सालमा तत्कालीन माओवादीको रापतापका बेला ठूलो मतान्तरले जितेका विश्वकर्मा झन्डै दुई दशकपछि फेरि चुनावी मैदानमा उत्रिएका छन् । पटक-पटक चुनाव बहिष्कार गर्दै आएका उनी १८ वर्षपछि 'घुमीफिरी रुम्जाटार' भनेझैँ कालीकोटबाट दोस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । यसअघि संसदीय व्यवस्थाले मुलुकलाई निकास नदिने भन्दै उनी आबद्ध पार्टीले चुनाव बहिष्कार गर्दै आएको थियो । जन...