नयाँ स्वरूपमा एसजे मोटो र हिमालयन जाभाको काठमाडौं आउटलेट

पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, 'एसजे मोटो' र 'हिमालयन जाभा'ले काठमाडौंमा आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको हो । यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु हो । काठमाडौंको आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक-आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन ...