धादिङ बस दुर्घटना : काठमाडौं ल्याइएका एक जनाको मृत्यु, २२ को उपचार हुँदै

पोखराबाट काठमाडौं आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।  घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उपचारका लागि ल्याइएका २३ जनामध्ये अर्का एक जना घाइतेको भने मृत्यु भएको उनले बताए । उनको पहिचान खुलेको छैन । नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला  उपचाररत छन् । ट्...