दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड’मार्फत विशेष सम्मान गरिएको छ । कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूतलाई सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा राजदूत डा तुम्बाहाङफेले उ...