बुटवल उपमहानगर– २ का वडाअध्यक्ष सहितको युवा समूह एमालेमा प्रवेश

बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्षसहितको युवा समूह नेकपा एमालेमा प्रवेश गरेको छ । वडाअध्यक्ष सुनील शाक्यसहितका ५५ जना युवालाई एमाले उपाध्यक्ष तथा रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन् । शाक्य तत्कालीन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष हुन् । एमालेका युवा नेता तथा रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङको पहलमा वडाअध्यक्ष शाक्यसहित शंकर घर्ती, विक्रम बस्याल, सुमन गुरुङ, प्रवेश सुनार, राजु क्षेत्री, आकाश गुरुङ, झविन ग...