अमेरिका-इरान वार्ताको अर्को चरण जेनेभामा हुने

अमेरिका र इरानबीचको वार्ताको अर्को चरण स्विट्जरल्याण्डको Geneva मा हुने भएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीलेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफसँग बिहीबार जेनेभामा भेट हुन सक्ने बताएका छन् ।  यसैबीच, ओमानका विदेशमन्त्री अल-बुसैदीले पनि सामाजिक सञ्जाल एक्समार्फत इरान–अमेरिका वार्ताको अर्को चरण जेनेभामै हुने पुष्टि गरेका छन्। बीबीसी फारसीकाका अनुसार, पछिल्ला दुई हप्तामा इरान र अमेरिकाबीच दुई चरणमा वार्ता भइसकेको छ । पहिलो चरण ओमानको राजधानी मस्कटमा भएको थियो भने दोस्रो चरण...