काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदी नजिकै गएराति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ मध्ये ९ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथन, कास्कीको पोखरा महानगरपालिका–३० का ४० वर्षीय विवेक बाँस्तोला, स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँको...