केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण मागेकोमा ५४ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ। आयोगका अनुसार हालसम्म ७९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण मागेको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण मागेको हो । दर्ता...