नेपाली सांगितिक क्षेत्रले अर्को सन्देशमूलक गीत पाएको छ । गीतकार नारायण खतिवडाको अर्को एक नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतले प्रेम स्वार्थको लागि अन्धाधुन्ध गाँसिएको साइनोजस्तो नभई भगवान राधाकृष्णको जस्तो हुनुपर्ने सन्देश दिएको छ । गीतका शब्दहरू पनि मर्मस्पर्शी रहेका छन् । गीतमा भनिएको छ- साचो प्रेम अमर हुन्छ झुटो टिक्न सक्दैन, सच्चा प्रेम ईश्वरको बरदान केहीले रोक्न सक्दैन गीतमा सम्बन्धमा तीता-मीठा क्षणहरू आउँछन् तर, त्यसलाई आपसी सद्भाव, सहिष्णुता...