जेनजीको माग अग्रिम निर्वाचन नै थियो त ?

हुन त यो विषय निर्वाचनको मुखमै आएर उठाउँदा बेतुकको लाग्ला तर सोचनीय चाहिँ पक्कै छ । सोचनीय यस कारणले पनि छ कि जेनजी आन्दोलनको बलमा आएको अग्रिम निर्वाचन के कारणले अरु भन्दा फरक छ भन्ने खुट्याउन गाह्रो छ ।  साविकको संवैधानिक तथा कानूनी प्रणाली र त्यसको हालसम्मको अभ्यासले जति पटक निर्वाचन गरे पनि नियमित निर्वाचन भन्दा प्राविधिक रूपमा यो फरक हुन सक्ने अवस्था छैन । अझै भनौं परम्परागत प्रजातन्त्रको अभ्यास यस्तै हो । आन्दोलन चलाउने र आन्दोलन दबाउने एउटै मैदानमा निस्फिक्रीका साथ निर्वाचन अभियानमा छन् । हुन त यसलाई पनि प्रजात...