जटिल शल्यक्रिया गर्नुपर्ने भन्दै साम्बाले मागिन् आर्थिक सहयोग

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । आफ्नो घुँडाको पुन: जटिल शल्यक्रिया गर्नुपर्ने र आर्थिक समस्या रहेको भन्दै साम्बाले सहयोगको अपिल गरेकी हुन् । चोटका कारण आफू सात हप्तादेखि मैदान बाहिर रहेको समेत उनको भनाइ छ । ‘सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो शुरू गरेको केही समय बितिसक्ने थियो । तर अझै पनि म उपचारको लागि भौतारिएको छु’, साम्बाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । उनले आफ्नो घुँडाको एस...