काठमाण्डाै – लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अङ्कले बढेर २ हजार ६ सय १६ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय १३ वटा कम्पनीको शेयर घटेकोमा १ सय ४० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन एनआईबीएल समृद्धि फन्डको शेयर सबैभन्दा धेरै ४ दशमलव ८१ प्...