एक-दुई नेताको बोलीको ‘सरस्वती’ बिग्रिँदा मैले जनतासमक्ष क्षमा मागेँ

मुखले मात्रै ‘म नयाँ हुँ, परिवर्तन गर्छु’ भनेर हुँदैन, जनतालाई प्रष्ट पार्नुपर्छ । मेरा प्रतिस्पर्धीहरू कोही पनि नयाँ होइन, उहाँहरू सांसद बनिसक्नुभएको छ । यस भेगका जनतालाई उहाँहरूले के के गर्नुभयो, त्यो भन्नुपर्छ । मैले जनताको सेवा गर्दै आएको वर्षौं भइसक्यो ।