‘साम्बा’ ले उपचारका लागि मागिन् आर्थिक सहयाेग

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छिन् । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साम्बाले घुँडाको गम्भीर चोटको उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन् । उनले उपचारका लागि ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताएकी छिन् । साम्बाले उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सरकारबाट सहयोग नपाएको गुनासो गरेकी छिन् । पछिल्लो पटक एन्फा नेतृत्वको पहलमा उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भए पनि यस पटक वाचा गरेको सहयोग नपाएको उनको...