११ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भइरहेको बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पहिलो दिनको खेल सकिएको छ । बागमतीले बनाएको २५९ रनको योगफल पछ्याइरहेको आर्मीले दिनको समाप्तिमा ३ विकेट गुमाएर १९१ रन बनाएको छ । भीम सार्की ७४ रन बनाएर आउट भए । भीमले पहिलो खेलमा शतक बनाएका थिए । […]