नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उमेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन् । कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने समेत बताएका हुन् । नेपाली कांग्रेस बूढीगंगा गाउँपालिकाको घरदैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्पराको महत्त्व रहेको बताए । कोइरालाले धर्म संस्कृति, संस्कार र सभ्यतामाथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी र...