प्रहरीले सिरहामा करिब २० किलो गाँजा बरामद गरेको छ । सुखिपुर नगरपालिका-४ पोखरीया टोलबाट अवैध लागूऔषध गाँजा करिब २० किलो ६ सय ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीलाई देख्नासाथ कविलासी टोलबाट पोखरीया टोलतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली मोटरसाइकलसहित फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेक...