पाल्पा-२ का एमाले उम्मेदवार गैरेको प्रतिबद्धतापत्र सार्वजनिक

तानसेनलाई मौलिक सांस्कृतिक सहरका रूपमा विकास गर्ने विशेष कार्यक्रम अघि सारिएको छ । ग्रामीण बस्तीहरूलाई आधुनिक ग्रामीण सहरको ढाँचामा रूपान्तरण गर्ने तथा सुशासन र विकासको आधारका रूपमा डिजिटल पूर्वाधार विस्तार गरिने जनाइएको छ ।