नेपाली कांग्रेसका तर्फबाट काठमाडौं–४ का प्रतिनिधिसभामा उम्मेदवार सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सोमबार मैतिदेवीमा आयोजित कार्यक्रममा उम्मेदवार तिमल्सेनासहित कांग्रेसका नेता कार्यकर्ताले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा पाँच वर्षभित्र हासिल गर्ने १० वटा मुख्य उपलब्धिलाई कार्य–सम्पादनको मानकका रूपमा प्रस्तुत गरिएको छ । उम्मेदवार तिमल्सेनाले पहिलो प्रतिज्ञामा सुशासन, दोस्रोमा पूर्वाधार विकास, तेस्रोमा भूमिसुधार र कृषि क्षेत्रको प्रोत्साहन, चौथोमा स्वास्थ्य क्षेत्रको...