भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने बताएका छन् । आज आफ्नो चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ९ का विभिन्न ठाउँमा भएको चुनावी कार्यक्रममा उनले सुशासन आफ्नो वाचापत्रको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले सार्वजनिक सुनुवाइ र समयसीमाभित्र गुनासो सम्बोधन गर्ने संरचना लागू गर्ने बताए । उनले आज बल्खु टेकुसी, कुमारी क्लब, गाम्बेल, शिवनगर, खसीबजार, कलङ्की...