जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सञ्चालन

 आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सुनसरी सदरमुकाम इनरुवामा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । इनरुवा क्षेत्रभित्रका वित्तीय संस्था तथा बैंकका कर्मचारीका साथै सुरक्षाकर्मी र अन्य सरोकारवालालाई सो विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक अच्युतकुमार थापाले जानकारी दिए । कार्यक्रममा राष्ट्र बैंक विराटनगरका उप–निर्देशक थापाले जाली नोट पहिचान गर्ने विधिको विषयमा जानकारी दिए । त्यसैगरी उनले नेपाली नोटको जतन गर्नुपर्ने, न...