आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाब्वे विरुद्ध विशाल रन बनाएको छ। सोमबार मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल तयार पारेको हो। वेस्ट इन्डिजको इनिङमा शिम्रन हेटमायरले विष्फोटक ब्याटिङ गर्दै खेलको दिशा बदलेका थिए। उनले मात्र ३४ बलको सामना गर्दै ७ चौका र ७ छक्काको मद्दतले सानदार ८५ रन बनाए। उनलाई मध्यक्रममा कप्तान रोभम्यान पावेलले बलियो साथ दिए। पावेलले ३५ बलमा ५९ रनको अर्धशतक...