काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा' को सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। विगत सात हप्तादेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाले आफ्नो उपचारका लागि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेपछि अस्पतालले यस्तो निर्णय लिएको हो। अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालद्वारा सोमबार जारी प्रेस विज्ञप्ति अनुसार, साम्बाको यसअघि कतारको अस्पेटारमा गरिएको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट देखिएको छ। साम्बाले विदेशमा ...