११ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाबेमाथि शानदार जित हासिल गरेको छ । सोमबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले जिम्बाबेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो संस्करणको सबैभन्दा ठूलो जित हो भने वेस्ट इन्डिजका लागि टी-२०आईमा दोस्रो ठूलो जित हो । […]