टी–२० विश्वकप : वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हरायो

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हराएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो । जिम्बावेका ब्राड इभान्सले ४३ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो । वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए । जिम्ब...