झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, बिरामीसहित सात जनाको मृत्यु

भारतको झारखण्डबाट दिल्लीका लागि उडान भरेको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । चत्रा जिल्लामा भएको दुर्घटनामा विमानमा सवार सबै सात जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । रेडबर्ड बीचक्राफ्ट किङ एयर बी९० एल एउटा एयर एम्बुलेन्स थियो । सोमबार साँझ रांचीबाट उडान भरेको विमान झारखण्डको चत्रा जिल्लाको समरियाको जंगलमा दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ ।  विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सह-पाइलट), संजय कुमार (बिरामी), अर्चना देवी (परिवार सदस्य), धुरु कुमार (परिवार सदस्य), वि...