काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो । जावलाखेलका निकालेस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरे । यो जीतसँगै जावलाखेल ६ खेलमा ९ अङ्कसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पुलिस ६ खेलमा ४ अङ्कसहित १४औँ स्थानमा छ । यस्तै एम्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले सङ्कटा एफसीलाई ४&ndas...