आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त गराइयो

म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् ।  निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।  पूर्वशिक्षक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा बाँसखर्कका पूर्वप्रधानपञ्च लालबहादुर पुनका नातिनीहरूले सहकारीको ऋण तिरेर विद्याललाई ऋण मुक्त बनाएका हुन् ।  पुन परिवारले सहकारीमा रहेको नौ लाख २९ हजार ऋण त...