शेखरका ‘८ अठोट’ : विराटनगरलाई विशेष आर्थिक क्षेत्रमा विकास गर्ने, बाढी-डुबान समस्याको दीर्घकालीन समाधान

नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर–६ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले आफ्ना ‘८ अठोट’ सार्वजनिक गरेका छन् । संसदीय सर्वोच्चता, संविधानको रक्षा, राजनीतिक स्थायित्व र समुन्नतिको लक्ष्यसहित उनले लोकतन्त्रदेखि सुशासनसम्मका प्राथमिकता सार्वजनिक गरेका हुन् ।  कोइरालाले बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयन आफ्नो पहिलो प्रतिबद्धता भएको बताएका छन् । संविधान संशोधन र प्रभावकारी कार्यान्वयन, संघीयताको सुदृढीकरण, नागरिक तथा प्रेस स्वतन्त्रताको रक्षा, विधिको शासनको प्रत्याभूति र सार्व...