काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ । आयोगले विज्ञप्ति निकालेर दल वा उम्मेदवारले आफ्नो झण्डा वा चुनाव चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, र्याली वा यस्तै अन्य गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो । दल वा उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषय...