अमेरिकामा भीषण हिमपातका कारण जनजीवन अस्तव्यस्त, ५ हजारभन्दा बढी उडान रद्द

अमेरिकाको उत्तर-पूर्वी क्षेत्रमा आएको शक्तिशाली हिउँदे आँधी र भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।  न्युयोर्क, म्यासाचुसेट्स र रोड आइल्याण्ड लगायतका राज्यहरूमा बाक्लो हिउँ जमेपछि यातायात, विद्युत् र हवाई सेवा ठप्प भएको छ। यस हिमपातले कतिपय स्थानमा दशकौँ पुराना रेकर्डहरू समेत तोडेको मौसम विभागले जनाएको छ। अमेरिकाकै सबैभन्दा सानो राज्य रोड आइल्याण्डमा यसपटक इतिहासकै सबैभन्दा ठूलो हिमपात भएको छ। त्यहाँको राजधानी प्रोभिडेन्समा ३३ इन्चसम्म हिउँ जमेको छ, जसले सन् १९७८ को रेकर्डलाई समेत उछिनेको छ।  यस्तै न्...