साम्बाको उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेका छौँ : एन्फा

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेको बताएको छ । यसअघि साम्बाले आफ्नो उपचारमा सहयोग नपाएको बताएपछि एन्फाले प्रेस विज्ञप्ति निकालेर पत्राचारबारे जानकारी गराएको हो । साथै साम्बाको आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचारसम्बन्धी आवश्यक समन्वयका लागि पत्राचार गरिसकेको एन्फाको भनाइ छ । हिजो सम्बाले एन्फा र सरकारबाट उपचारका लागि सहयोग नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोगको अपील गरेकी थ...