लागूऔषध तस्कर मारिएपछि मेक्सिकोमा तनाव : ३२ जनाको मृत्यु, सुरक्षा सुदृढ पार्न ९ हजार बढी सैनिक तैनाथ

मेक्सिकोका एक शक्तिशाली लागूऔषध तस्कर मारिएपछि शुरू भएको हिंसाको लहर रोक्न र सुरक्षा सुदृढ पार्न सरकारले हजारौँ सैनिक तैनाथ गरेको छ । सोमबार पश्चिमी मेक्सिकोमा थप २ हजार ५ सय सैनिक पठाइएको रक्षा सचिव रिकार्डो ट्रेभिल्लाले बताएको बीबीसीले जनाएको छ । योसँगै आइतवारदेखि समग्रमा झन्डै ९ हजार ५ सय सैनिक तैनाथ भएका छन् । ‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो ओसेगुएरा सर्भान्टेसको आइतवार जालिस्को राज्यमा मेक्सिकन विशेष बलले पक्राउ गरेको केही समयपछि हिरासतमा ज्यान गएपछि कम्तीमा २० वटा राज्यमा अशान्ति फैलिएको खबरमा उल्...