टी-२० विश्वकपमा सबैभन्दा धेरै छक्काको नयाँ कीर्तिमान

वेस्टइन्डिज र जिम्बावेबीचको खेलमा टी-२० विश्वकपको इतिहासमै एउटै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गरिएको नयाँ कीर्तिमान बनेको छ।  मुम्बईको वांखेडे स्टेडियममा सोमबार राति भएको सुपर-८ को खेलमा दुवै टोलीले कुल ३१ वटा छक्का प्रहार गरेर सन् २०१४ मा आयरल्याण्ड र नेदरल्याण्ड्सबीचको खेलमा बनेको ३० छक्काको पुरानो रेकर्ड तोडिएको हो।  वेस्टइन्डिजले टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २५४ रनको विशाल योगफल तयार पारेको थियो भने जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे १७.४ ओभरमा १४७ रनमै समेटिएपछि वेस्टइन्डिजले १०७ र...