अमेरिकाका लागि पूर्व बेलायती राजदूत तथा भूतपूर्व मन्त्री पिटर मेन्डलसनलाई लन्डन प्रहरीले पक्राउ गरेको छ। बहुचर्चित 'एपस्टीन फाइल' अनुसन्धानको सिलसिलामा ७२ वर्षीय मेन्डलसनलाई सोमबार उत्तर लन्डनको क्यामडेनबाट नियन्त्रणमा लिइएको हो। मेन्डलसनलाई पक्राउ गर्नुअघि प्रहरीले विल्टशायर र क्यामडेनका दुईवटा स्थानमा खानतलासी पुर्जी समेत जारी गरेको थियो। मेट्रोपोलिटन प्रहरीका अनुसार, मेन्डलसनमाथि सरकारमा मन्त्री रहँदा बजारलाई प्रभाव पार्न सक्ने अत्यन्त संवेदनशील सरकारी जानकारीहरू कुख्यात यौन अपराधी जेफ्री एपस्टीनलाई उपलब्ध गर...