काठमाण्डाै – काठमाण्डाैको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व शुरू भएको छ । आज बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएकाे हाे । बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ । यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ । चीर उठाएको हेर्न वसन्तपुरमा भीड लागेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...