काठमाण्डाै – झापादेखि कञ्चनपुरसम्म फैलिएको तराई मधेशका २० जिल्ला चुनावी राजनीतिका मेरुदण्ड हुन् । यहाँ मधेसी र थारू समुदायको बाक्लो उपस्थिति छ जसले सधैँ सत्ता–सन्तुलन निर्धारण गरेको छ । देशमा अहिलेसम्म प्रधानमन्त्री भएकाहरू प्रायः तराई–मधेशका जिल्लाबाटै निर्वाचित भएका छन् । फागुन २१ को चुनावपछि प्रधानमन्त्रीको दाबेदारीमा रहेका केपी शर्मा ओली, बालेन शाह र गगन थापा–सबैको चुनावी आधार तराई मधेशसँगै जोडिएको छ । चुनावमा तराई–मधेशको मत र मतदाताको ‘मूड’ सबैभन्दा निर्णायक हुन्छ...