बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गएराति घर फर्किएकामा घरमै एक्कासि बेहोस भएका थिए । बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकामा स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले गएराति नै मृत घोषणा गरेका हुन् । घटनाबारे ...