काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू हुनेछ । ‘सुपर–एट’ मा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हराएको थियो भने पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको थियो । इङ्ग्ल्यान्ड २ अङ्कसहित ‘सुपर–एट’ मा समूह २ मा शीर्ष स्थानमा छ । पाकिस्तान १ अङ्कसहित दोस्रो स्थानमा छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा य...