अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा धेरै उडान रद्द भएका छन् । हिमपातले लाखौँ मानिस प्रभावित भएका छन् । शक्तिशाली हिमआँधीका कारण यातायात, विद्युत् र हवाई सेवामा अवरोध आएको बीबीसीले जनाएको छ । रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा झन्डै ३३ इन्चसम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । साथै न्यूयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा धेरै हिउँ जमेको छ । यसबाट यात्रामा जोखिम रहेको भन्दै राज्यले चेतावनी दिएको छ । पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा धेरै घरधुरी तथ...