काठमाण्डाै – धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अस्ति आइतवार बेलुका पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा बेलायती, भारतीय र चिनियाँ एक/एक सहित १९ जनाको ज्यान गएको हो । दुर्घटन...