बाढीमा उद्धार गर्न गएकाे हेलिकप्टर दुर्घटना हुँदा पेरुमा १५ जनाको ज्यान गयो

पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका छन् । लेदोसहितको पहिरो र नदीमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको हुनाले यस क्षेत्रमा खोज र उद्धार कार्यलाई सहयोग गर्न हेलिकप्टर खटाइएको अधिकारीहरूले बताएका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसा...