बसन्तपुरमा चीर ठड्याइयो, शुरू भयो होली उत्सव [तस्वीरहरू]

काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरूको पर्व होलीको उत्सव पनि औपचारिक रूपमा शुरू भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरू भएको मानिन्छ । यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन् । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितप...