१२ फागुन, काठमाडौं । भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार सातै जनाको ज्यान गएको छ । यो घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै भएको हो । रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो । […]