कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका हुन् ।  उनले लेखेका छन्, 'एन्फा अध्यक्षलाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु । देशको प्रतिष्ठा बढाउन महत्...