तीन दशकपछि भक्तपुर-१ मा देखिएको फरक दृश्य : नेमकिपाको 'लालकिल्ला'मा 'घण्टी'को प्रतिध्वनि

भक्तपुर–१ को राजनीति सधैँ जस्तो देखिन्थ्यो, यसपालि त्यस्तै छैन । गल्ली, चोक र चौतारामा यसपटक चुनावी चर्चा केही फरक सुनिन्छ । तीन दशकभन्दा बढी समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को किल्ला मानिँदै आएको यो क्षेत्र २०४८ सालदेखि एउटै राजनीतिक रेखामा हिँड्दै आएको छ । २०४८ देखि २०७० सम्म पार्टी अध्यक्ष नारायणमान बिजुक्छे पाँच पटक निर्वाचित भए । २०७४ मा बिजुक्छेले ‘अब नयाँ पुस्तालाई मौका’ भन्दै विश्राम लिएपछि पार्टीकै प्रेम सुवाल मैदानमा उत्रिए र जितको परम्परा कायम राखे । २०७९ सम्म आइपुग्दा नेमकिपाको अपराज...