मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई अघि बढाउने र २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने योजना बनाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । समानुपातिकतर्फ एक/दुई दिन लागे पनि प्रत्यक्षतर्फको धेरै ढिला नहुने उहाँको भनाइ छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार चुनाव तयारी केन्द्रित आवश्यक सम्पूर्ण व्यवस्थापन सकेर आयोग पूर्णरूपमा कार्य...