जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह

१२ फागुन, काठमाडौं । व्यवसायीले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासलाई मागपत्र प्रमाणीकरण प्रक्रिया सरल र छरितो बनाउन आग्रह गरेको हो । दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको संघको टोलीले सोमबार कार्यबाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गर्दै […]