नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको विरासत रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ । कुनैबेला कांग्रेसको पकेट क्षेत्र मानिएको सुनसरीमा कांग्रेस रक्षात्मकजस्तो देखिएको हो । २०१५ सालको निर्वाचनमा कांग्रेस संस्थापक कोइराला सुनसरी–मोरङको यही क्षेत्र (तत्कालीन ३२ नम्बर क्षेत्र)बाट चुनाव जितेर प्रधानमन्त्री बनेका थिए । बीपी कोइरालाको सरकार अपदस्थ गरेर पञ्चायतले ७५ जिल्ला कायम गर्नुअघि झापा–मोरङ र सुनसरी एउटै जिल्ला थि...